मौद्रिक नीति आज सार्वजनिक हुने
११ श्रावण २०८१, शुक्रबार ०८:४०
काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक हुने भएको छ ।
मौद्रिक नीति पारित गर्ने मुख्य एजेण्डासहित आज बिहान ८ बजेदेखि बोर्ड बैठक बस्दैछ । यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको भए तापनि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री तथा गभर्नर डा युवराज खतिवडालाई प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेसँगै मौद्रिक नीति एक साता पछि धकेलिएको हो ।
प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई तत्काल चलायमान बनाउन र निजी क्षेत्रलाई विश्वासमा लिन मौद्रिक नीतिमा केही हेरफेर र परिमाजर्नन गर्न राष्ट्र र्बैकका गभर्नरलाई आग्रह गरेका समेत छन् ।