एनएमबि बैंकको १ लाख २३ हजार कित्ता शेयर बिक्रीमा

११ श्रावण २०८१, शुक्रबार ०८:११

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् । सो शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*