१९ बीमा कम्पनीको शेयरमा हरियाली, कुनको मूल्य कति ?

१० श्रावण २०८१, बिहीबार १७:२९

काठमाडौँ । शेयर बजारमा सुधार आउँदा अधिकांश शेयर बीमा कम्पनीको शेयर मूल्य बढेको छ । नेप्से आज ३२ अकंले बढ्दा परिसूचक २५६८ बिन्दुमा कायम भएको हो । आज कारोबार रकम १४ अर्ब १३ करोड भएको छ ।

भोलि मौद्रिक नीति आउँदैछ । मौद्रिक नीति मार्फत शेयर बजारलाई बाधा गर्ने नीति फुकुवा हुने आश आम शेयर लगानीकर्ताले गरेका छन् । यस दिन

जीवन बीमा

यसदिन जीवन बीमा समूहको शेयर ९७.३२ अकं अर्थात् ०.८० प्रतिशतले बढेर १२२२९.५४ बिन्दुमा कायम भएको छ । बिबिार १० जीवन बीमा कम्पनीको शेयर मूल्यमा सुधार आउँदा २ कम्पनीको मूल्य मात्र घटेको छ ।

आज हिमालयन लाइफको शेयर सर्वाधिक बढेको छ । कम्पनीको शेयर प्रतिकित्ता १४ रुपैयाँ ३ पैसा अर्थात् ३.२९ प्रतिशतले बढेर ४४८.५ रुपैयाँ पुगेको छ । साथै, एशियन लाइफको २.१४ प्रतिशत, सूर्यज्योति लाइफको ०.८२ प्रतिशत, नेशनल लाइफको ०.७७ प्रतिशत, सन नेपाल लाइफको ०.७२ प्रतिशतले शेयर मुल्य बढेको छ।

निर्जीवन बीमा

निर्जीवन बीमा कम्पनीको शेयर ३६९.७८ अकं अर्थात् २.९५ प्रतिशतले बढेर १२८७१ बिन्दुमा कायम भएको छ । यसदिन ९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य मात्र घटेको छ ।

बिहिबार राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर एकैदिन प्रतिकित्ता १५३० रुपैयाँले बढेर १६ हजार ९३० रुपैयाँ पुगेको हो । साथै, सानिमा जिआइसीको ६.५२ प्रतिशत, युनाइटेड अजोडको ४.८ प्रतिशत, एनएलजि इन्स्योरेन्सको २.९२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*