चेकबाट बीमा पोलिसी जारी गर्न नपाउदा असजिलो भयोः चेम्वर अफ कमर्श

४ भाद्र २०७८, शुक्रबार १४:३३

काठमाडौं । नेपाल चेम्वर अफ कमस (सिएनआई)का अध्यक्ष राजेन्द्र मल्लले बीमा व्यवसायलाई सरलीकृत गर्न साबिकमा प्रिमियम वापत चेकबाट भएको भुक्तानीलाई मान्यता दिँदै आएकोमा हाल चेकबाट नगद जम्मा भएपछि मात्र मान्यता दिने व्यवस्था गरेकोले यसबाट व्यवसायमा सहजीकरण नहुने बताएका छन् ।

त्यसैले साबिक व्यवस्था अनुसारनै चेक भुक्तानीलाई नै मान्यता दिनु पर्नेमा जोड दिँदै राजश्व परामर्श समितिमा निजी क्षेत्रको प्रतिनिधित्वको लागि पनि आग्रह गरेका छन् ।नेपाल चेम्वर अफ कमर्शका पदाधिकारी तथा कार्य समिति सदस्य र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीबीच भएको छलफल कार्यक्रममा अध्यक्ष मल्लले यस्तो बताएका हुन् ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा भएको पुँजीगत खर्च पनि विगत सरहनै न्यून रहेकोले आर्थिक वर्ष २०७८/७९को बजेटमा विनियोजन गरिएको पुंजीगत खर्च समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने र प्रत्येक त्रैमासिकमा यसको प्रभावकारी अनुगमन गरिनु पर्ने नेपाल चेम्बर अफ कमर्सको धारणा रहेको बताए ।

साथै उक्त कार्यक्रमा कृषि उत्पादन ढुवानीको लागि भन्सार सहुलियतमा गाडीको सुबिधा उपलब्ध हुन सकेमा ढुवानी लागतमा कमी भइ आन्तरिक तथा वाह्य व्यवसाय वृद्धि हुन जाने र कृषकहरुको उत्पादन बजारीकरण सुव्यवस्थित हुन जाने चेम्वरको धारणा रहेको उनले बताए ।

उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा, दीपक श्रेष्ठ, उर्मिला श्रेष्ठ तथा चेम्बर कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति पर्शुराम दाहाल तथा वाणिज्य तथा व्यापार सहजीकरण समितिका सभापति निरज राई र कार्य समिति सदस्य सुवास संघाइकोे पनि उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*