सौर्य एयरलाइन्सको दुर्घटनाको बिषयमा संसदीय समितिले नागरिक उड्डयन प्राधिकरणमाथि उठायो प्रश्न , उत्तर नदिई पन्छिए

१० श्रावण २०८१, बिहीबार १४:१८

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाको बिषयमा संसदीय समितिले नागरिक उड्डयन प्राधिकरणमाथि प्रश्न गरेको छ । संसदीय समितिले प्रश्न गरेसँगै नियामक नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारी पन्छिएका छन् ।

१८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरलाइन्सको दुर्घटनामा बच्चासहितका बाहिरी व्यक्तिहरू कसरी परे भन्दै पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले प्रश्न गरेका थिए ।

तर महानिर्देशक अधिकारीले घटनाको सम्बन्धमा छानबिन आयोग बनिसकेको अवस्थामा प्राविधिक पक्षको बारेमा आफूले बोल्न उचित नहुने जवाफ फर्काए । ‘घटना घटिसकेको छ, सरकारले ५ सदस्यीय छानबिन आयोग गठन गरिसकेको छ । यसमा हामी सबै (प्राधिकरणसमेत) अनुसन्धानको दायरामा छौँ । आयोगले सत्य तथ्य छानबिन गर्ला । यस विषयमा मैले बोल्न उचित हुँदैन’ अधिकारीले भने ।

तर, बुधवार काठमाडौँबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाजले नियमित चेकजाँच (सी–चेक) का लागि पुनः फ्लाइटमा गरेको दाबी गरिएको छ ।

यसमा थप स्पष्ट पार्दै प्राधिकरणका प्राविधिक मुकुल मिश्रले बुधवारको सौर्य फ्लाइट ‘फेरि फ्लाइट’ नै भए पनि कम्पनी फ्लाइटको रूपमा रहेकाले यसलाई सामान्य मानिने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*