सिटिजन्स बैंकका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा छूट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकले दूषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छूट पाउने भएका छ । सिटिजन्स बैंक र काभ्रेपलान्चोकको धुलिखेलमा रहेको उक्त रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छूट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५ प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यस बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरूबाट करीब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।