लाभांश प्रस्तावसहित सूर्योदय वोमी लघुवित्तको वार्षिक साधारण सभा आह्वान

१० श्रावण २०८१, बिहीबार १०:४०

काठमाडौं । भर्खरै मात्र एफपीओ निष्काशन गरेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको साउन १० गते बसेको बैठकले सभा यही महिनाको ३२ गते, ललितपुर स्थित लुभु पार्टी प्यालेसमा आह्वान गरेको हो । सभा दिउँसो १२ः३० बजे सुरु हुने छ ।

सभाले एफपीओ सहितको कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त घोषणा गरेको लाभांश कम्पनीको आउदो वार्षिक साधारण सभाले पास गरेपश्चात शेयरधनीहरुले पाउनेछन् ।

साथै, सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव ०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी मर्जर सहमतिमा हस्ताक्षर गर्ने र सोका लागि तथा आवश्यक कुनै विषयमा थप संशोधन र परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*