कामना सेवा विकास बैंकद्वारा सातै प्रदेशमा कर्मचारी माग

१० श्रावण २०८१, बिहीबार ०८:३०

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सात वटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । बैंकले देशका सबै प्रदेशका शाखा कार्यालयहरूका लागि ट्रेनी असिस्टेन्ट माग गरेको हो ।

यसका लागि व्यवस्थापन संकायमा कम्तीमा ५० प्रतिशत वा २.४० जीपीए सहित प्लस टू उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेरको हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ ।

यसमा कुनै अनुभव नभएकाले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति साउन १८ गतेसम्म रहेको छ ।

One thought on “कामना सेवा विकास बैंकद्वारा सातै प्रदेशमा कर्मचारी माग

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*