अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन १० गतेका लागि मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज एक अमेरिकी डलरको खरीदमूल्य १३३ रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २६ पैसा पुगेको हो ।
आज एक कतारी रियाल खरीदका लागि ३६ रुपैयाँ ६५ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ८२ पैसा लाग्ने भएको छ । आज मलेसियन रिंगिटको खरीदमूल्य २८ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यस्तै एक यूएई दिराम खरीद गर्न ३६ रुपैयाँ ३९ पैसा र बिक्री गर्न ३६ रुपैयाँ ५५ पैसा लाग्ने भएको छ भने एक साउदी अरेबियन रियाल खरीदका लागि ३५ रुपैयाँ ६३ पैसा र बिक्रीका लागि ३५ रुपैयाँ ७९ पैसा लाग्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार यस दिन १० जापानी यन खरीदका लागि ८ रुपैयाँ ६५ पैसा र बिक्रीका लागि ८ रुपैयाँ ६९ पैसा र एक अस्ट्रेलियन डलर खरीदका लागि ८८ रुपैयाँ २३ पैसा र बिक्रीका लागि ८८ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।