धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिईओलाई कारवाही गर्न अर्थ समितिको निर्देशन

४ भाद्र २०७८, शुक्रबार १३:५५

काठमाडौं । अर्थ समितिले व्यक्तिगत लाभ हुने गरी शेयर खरिद काण्डमा जोडिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई कारवाही गर्न अर्थ मन्त्राययलाई लिखित निर्देशन दिएको छ ।

आज बसेको अर्थ समितिको बैठकले बोर्ड अध्यक्ष ढुंगाना र नेप्सेका कार्यकारी साउदलाई अध्ययन अनुसन्धान पश्चात कानुन बमोजिमको कारवाही गरी सो को जानकारी अर्थ समितिलाई दिन निर्देशन दिने निर्णय गरेको हो ।

अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल र समितिका सचिव सुरेन्द्र अर्यालले दिएको लिखित निर्देशनमा आजको बैठकमा नियामक निकायमा रहेका दुई पदाधिकारीहरुले शेयर खरिद गरेको सम्बन्धमा अर्थमन्त्रालयले छानविन गरिरहेको भन्ने व्यहोराको जवाफ प्राप्त भएकोले यथाशक्य छिटो छानविन सम्पन्न गरी कानुन बमोजिम कारवाही गरी सो को जानकारी समितिलाई दिन निर्देशन दिएको हो । अर्थसमितिको यस्तो निर्णयसँगै धितोपत्र बोर्डका सञ्चालक चन्द्र प्रसाद ढकाललाई समेत कारवाहीको दायरामा परेका छन् ।

उल्लेखित धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले छोरीको नाममा, सञ्चालक चन्द्र ढकालले भाइको नाममा र नेप्सेका कार्यकारी चन्द्र सिं साउदले पनि आफन्तको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको फेला परेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*