बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस भिसा डेबिट कार्ड संचालनमा

४ भाद्र २०७८, शुक्रबार १३:३८

काठमाडौं । बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड संचालनमा ल्याएको छ ।बैंकले ग्राहकहरुका लागि सेवा तथा सुबिधाहरु उपलब्ध गराउने क्रममा सो सेवा सञ्चालनमा ल्याईएको हो ।

निकट क्षेत्र सञ्चार (एनएफसी) मा आधारित उक्त कार्ड ट्याप सुविधा भएको मेसिनहरुमा प्रयोग गरी भुक्तानी गर्न सकिनेछ । सो प्रबिधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरिबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*