प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाए, दुर्घटनाको छानबिनका लागि आयोग बनाउने
९ श्रावण २०८१, बुधबार १५:४०
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलील आज अपराह्न ५ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएकाले दुर्घटनाको छानबिनका लागि आयोग गठन गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको उनको सचिवालयका सदस्यले जानकारी दिए।
बैठक बोलाउनुअघि प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाबारे जानकरी लिईसकेका छन् । उनी सँगै गृहमन्त्री पनि विमानस्थल पुगेर दुर्घटनाबारे जानकारी लिएका छन् ।