जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई सारियो आइसीयूमा, कस्तो छ स्वास्थ्य अवस्था ?
काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई (आइसीयू) मा सारिएको छ।उनले हाल काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ।
अस्पतालका चिकित्सकले दिएको जानकारी अनुसार पाइलट शाक्यको टाउको र शरीरमा चोट लागेको छ। उनलाई आकस्मिक कक्षबाट आइसीयूमा थप उपचारका लागि सारिएको छ ।
उनको टाउकोको सिटी स्क्यान गरिएको थियो। सो क्रममा मस्तिस्क केही सुन्निएको पाइएको छ, र शरीरका अन्य भागमा पनि चोट रहेको शिक्षण अस्पतालले जनाएको छ।
दुर्घटनास्थलबाट अस्पतालमा पुर्या इएका ३७ वर्षीय पाइलट शाक्यले आकस्मिक कक्षमा पुगे लगत्तै फोन मागेका थिए।दुर्घटनामा घाइते पाइलट शाक्यको शरीरमा जलन भएको छैन। तर उनको शरीरमा विभिन्न स्थानमा भने चोट लागेको छ।
उनको मुखबाट पनि रगत आइरहेको थियो।’पाइलटको सेतो ड्रेस भएकाले कुमदेखि तलको केही भागसम्म रगत लागेको प्रस्ट देखिएको छ, स्वास्थ्य अवस्था त्यति खतरायुक्त भने छैन। मस्तिस्कको सुन्नाइ र चोटको अवस्था केही समय अब्जर्भ गरेपछि थप जानकारी दिन सकिन्छ। भन्ने जवाफ अस्पतालको रहेको छ।