सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटबाहेक सबैको मृत्यु

९ श्रावण २०८१, बुधबार १३:५६

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटबाहेक सवार सबैको मृत्यु भएको छ। विमानमा पाइलट सहित १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

दुर्घटनामा क्याप्टेन ३७ वर्षीय मनीष शाक्य बाहेक सबैको मृत्यु भएको प्राधिकरणले जनाएको छ। उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलबाट निकालिएको शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार सौर्यको ९ एन–एएमई÷सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः११ मिनेटमा जहाज पोखराका लागि उडेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*