सौर्य एयरलाइन्सको बीमा प्रभु इन्स्योरेन्समा, ३० करोडभन्दा बढि बीमा दावीका लागि कम्पनीले अघि बढायो प्रक्रिया

९ श्रावण २०८१, बुधबार १३:२७

काठमाडौं । आज विहान काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा सिआरजे जहाज र सो जहाजमा सवार कम्तीमा १८ जनाको निधन भएको छ ।

आज भएको सो दुर्घटनाको बीमा दावी प्रभु इन्स्योरेन्स कम्पनीमा परेको छ । प्रभु इन्स्योरेन्स कम्पनीमा हवाई जहाजको कम्तीमा ३० करोड र यात्रुको नियमन अनुसारको बीमा गरिएको पत्ता लागेको छ ।

उता, प्रभु इन्स्योरेन्स कम्पनीले दुर्घटना लगत्तै बीमा दावी प्रक्रिया सुरु गरेको छ । कम्पनीका अनुसार बीमा दावी छरितो बनाउन र कम्पनीको तर्फबाट दावी आउनु अघि नै फाइल खोजेर पुनर्बीमा कम्पनीलाई प्रारम्भिक जानकारी गराउन लागेको हो ।

प्रभु इन्स्योरेन्समा बीमा दावी परेपनि ९९.५ प्रतिशत बीमा विदेशमा गरिएकोले ठूलो बीमा दावीले कम्पनीलाई कुनै फरक पर्नेछैन । सौर्य एयरलाइन्सको हवाई जहाज र यात्रुका ०.३ देखि ०.५ प्रतिशत मात्रै जोखिम राखिएको छ । बाँकी बीमा विदेशी पुनर्बीमा कम्पनीमा राखिएको छ ।
तस्विर सौजन्यः अन्नपूर्णपोष्ट

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*