सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक शेयर लिलामीमा
४ भाद्र २०७८, शुक्रबार १२:१८
काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको संस्थापक शेयर लिलामीमा ल्याएको छ ।कम्पनीले संस्थापक समूहको ३ लाख ५० हजार ३६९ कित्ता शेयर प्रतिकित्ता न्यूनतम १ हजार ४१० रुपैयांमा बिक्री गर्न निर्णय गरेको हो । संस्थापक शेयरधनीलाई उक्त खरिद गर्न ३५ दिन सुुचना निकाले पनि सो अवधिमा कुनै पनि आवेदन नपरे पछि लिलामी प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति,कम्पनी, संघ संस्थाले सम्पूर्ण विवरण खुलाई भदौ १८ गते कार्यालय समय भित्र एनआईसी एशिया क्यापिटल बबरमहल काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकका रुपमा एनआईसी क्यापिटल रहेको छ ।