हिमालयन लाइफमा बिक्रम उदास, राम पुकार साह र सानु कुमारी पाख्रिन बने उत्कृष्ट अभिकर्ता

राजन कठायत 
८ श्रावण २०८१, मंगलवार १८:०४

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले गत आर्थिक वर्षमा आक्रामक तरिकाले जीवन बीमा व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा अभिकर्ताहरुले लाखौँ मानिसहरुको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैैभरीबाट सहभागीहरुलाई उछिन्दै पोखराका बिक्रम उदास, जनकपुरका राम पुकार साह र सर्लाहीकी सानु कुमारी पाख्रिन उत्कृष्ट अभिकर्ता बन्न सफल भएकी छिन् ।

कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेका हजारौ अभिकर्ताहरुमध्ये पोखराका बिक्रम उदासले व्यक्तिगत कोडमा सबैलाई पछी पार्दै यस वर्षको नेपाल टप अभिकर्ता बन्न सफल भएका छन् । साथै, दोस्रो नम्बरमा मधेश उप–प्रादेशिक कार्यालयमा आवद्ध रहेका राम पुकार शाह र तेस्रो नम्बरमा मधेश प्रदेशको लालबन्दी शाखा कार्यालयकी अभिकर्ता सानु कुमारी पाख्रिन पर्न सफल भएकी छिन् । रातदिनको मिहिनेत, समय व्यवस्थापन र कडा परिश्रमका कारण आर्थिक वर्ष २०८०।०८१ मा अभिकर्ताहरुले करोडौंको व्यवसाय गरी ऐतिहासिक सफलता हासिल गरेका हुन् ।

हिमालयन लाइफ इन्स्योरेन्सको पोखरा न्यूरोड शाखा कार्यालयमा आवद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएका अभिकर्ता बिक्रम उदासले व्यक्तिगत कोडबाट ९८ लाख ८८ हजार रुपैयाँको कारोबार गर्न सफल भएका छन् । उनले यस आर्थिक वर्षमा २० वटा बीमा पोलिसी बिक्री गर्दै उक्त कारोबार गर्न सफल भएका हुन् ।

कम्पनीमा अत्यन्तै मिहिनेती तथा अनुभवि अभिकर्ताको परिचय बनाएका उदासले पोखराका हजारौ नागरिकहरुको बीमा जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । करिव ३ दशकदेखि जापनीज भाषा पढाउदै आएका उनले पोखराका विभिन्न गाउँ, टोल र सहरमा गई बीमा शिक्षा प्रदान गर्नुका साथै नागरिकहरुको बीमा गर्न व्यस्त छन् ।

नागरिकहरुलाई बीमाबारेमा राम्रोसँग बुझाउदाँ बीमा गर्न अप्ठ्यारो तथा असम्भव नरहेको उनको बुझाई छ । उनले भने , ‘हाम्रो जीवनमा असम्भव भन्ने कुरा केही पनि छैन् । अभिकर्ता पेशामा आवद्ध भइसकेपछि कसरी बीमा पोलिसी बिक्री गर्ने भन्ने जानकारी हुनुपर्छ । नागरिकहरुलाई बैंक र बीमा कम्पनीबारे राम्रोसँग बुझाएर बीमा गर्दा सफल भईदो रहेछ।’ आफुलाई कम्पनीको नेपाल टप अभिकर्ताको परिचय बनाउन सफल बीमिति तथा कर्मचारीहरुलाई उनले धन्यवाद ज्ञापन गरेका छन् ।

हजारौ अभिकर्ताहरुमध्ये दोस्रो स्थान हासिल गर्न सफल भएका मधेश प्रदेश उप–प्रादेशिक कार्यालय (जनकपुर–१) मा आवद्ध भई बीमा व्यवसाय गर्दै आएका राम पुकार शाह निकै सक्रिय र क्षमतावान अभिकर्ताको रुपमा परिचित छन् । अभिकर्ता शाहले आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्ममा व्यक्तिगत कोडबाट १७० वटा बीमा पोलिसी बिक्री गर्दै ८७ लाख ५२ हजार रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् ।

धनुषा जिल्लाको विभिन्न स्थानहरुमा पुगेर उनले नागरिकहरुको बीमा गरी जीवन रक्षावरण गर्दै आएका छन् । बीमा अभिकर्ता पेशामा शाहलाई उनकी श्रीमतीबाट पनि निकै साथ, सहयोग र हौशाला मिलेको उनको धारणा रहेको छ । शाह र उनकी श्रीमती अहिले बीमा व्यवसायमा राम्रो प्रगती गरिरहेका छन् ।

गत आर्थिक वर्षमा नेपाल टप बन्ने लक्ष्य बोेकेका शाह आफ्नो व्यवसायप्रति त्यति सकारात्मक रहेका छैनन् । चालु आवमा थप मिहिनेत र उर्जाका साथ व्यवसाय गरी नेपाल टप बन्ने लक्ष्य रहेको उनले बताए । ‘म र मेरो श्रीमती मिलेर हिमालयन लाइफमा बीमा व्यवसाय गर्दै आएका छौं । तर, अन्य प्रदेशको तुलनामा मधेशमा केही अप्ठ्यारो अवस्था रहेका छ । त्यसैले अझ धेरै मिहिनेत गरी नेपाल टप बन्ने छु।’ उनले भने, ‘यस अवधिमा मलाई विश्वास गरी बीमा गर्ने सम्पूर्ण बीमित र साथ सहयोग दिने सबै कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्दछु।’

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको सर्लाही, लालबन्दी शाखा कार्यालयमा आवद्ध रहेकी सक्रिय अभिकर्ता सानु कुमारी पाख्रिनले आफ्नो व्यक्तिगत कोडबाट ८० लाख ६५ हजार रुपैयाँको कारोबार गर्न सफल भएकी छिन् । उनले यस अवधिमा मधेश प्रदेशका विभिन्न स्थानमा गई १०३ वटा बीमा पोलिसी बिक्री गरेकी छिन् ।

नेपाली बजारमा बीमा व्यवसाय सकारात्मक रुपले अगाढी बढ्दै गएको र नागरिकहरुको माग अनुसारका बीमा पोलिसी बिक्री गर्दै जादाँ सफल भएको उनको धारणा रहेको छ । यस अवधिमा मलाई साथ सहयोग गर्ने सम्पूर्ण बीमित तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

 

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा हजारौ बीमा अभिकर्ताहरुले जीवन बीमा व्यवसाय गर्दै आएका छन् । कम्पनीले विभिन्न समयमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा तालिमहरु पनि सञ्चालन गर्दै आएको छ । साथै, हिमालयन लाइफले विभिन्न योजनामा समावेश भएका अभिकर्ताहरुलाई धन्यवाद पनि ज्ञापन भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*