सवारी साधन लिएर कर्जा नतिर्ने १७ जनाको नाम सार्वजनिक, समयमै कर्जा नतिरे लिलामी गर्ने
८ श्रावण २०८१, मंगलवार १५:२७
काठमाडौं । भेन्चर हायर पर्चेज लिमिटेडले हायर पर्चेज कर्जा लिएका १७ जनालाई समयमै ऋण तिर्न आग्रह गरेको छ ।
कम्पनीको प्रधान कार्यालय रानीपोखरीबाट हायर पर्चेज कर्जा लिएका १७ जना ऋणीलाई कम्पनीले ३५ दिनभित्र ऋण तिर्न भनेको हो ।
३५ दिनभित्र पनि ऋण नतिरेमा धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गरिनुका साथै ऋणी तथा जमानीकर्तालाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने तथा अन्य कानूनी कारबाही समेत गरिने कम्पनीले जनाएको छ ।