जन्मदिनमा छोरीलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
८ श्रावण २०८१, मंगलवार ११:३८
काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समय होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भईरहेको छ ।
यसैक्रममा भरतपुर–१२ मुनाल चोक चितवनमा बसोबास गर्दे आएका बुवा कैलाश कुमालले जन्मदिनको अवसरमा आफ्नी छोरी आयांशा कुमाललाई बीमा पोलिसी उपहार दिएका छन् । उनले आफ्नो छोरीलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका हुन् ।
रिलायबल नेपल लाइफ इन्स्यारेन्सको हाकिमचोक शाखा कार्यालयकी चिफ एजेन्सी म्यानेजर तारा कुमालले उक्त बीमा पोलिसी हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।