मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुन ?

८ श्रावण २०८१, मंगलवार १०:३३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा सामान्य बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य समेत स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*