राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको साधारणसभा भदौं २६ गते हुने

४ भाद्र २०७८, शुक्रबार ०९:५०

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा आगामी भदौं २६ गते आह्वान गरेको छ । आज सूचना प्रकाशित गर्दै संस्थानले आव २०६६।०६७, २०६७।०६८ र २०६८।०६९ को बार्षिक साधारणसभा यही भदौं २६ गते केन्द्रीय कार्यालयमा आह्वान गरेको छ ।
आज प्रकाशित सूचना अनुसार भदौं २६ गते शनिबार अपरान्ह २ बजे संस्थानको प्रधान कार्यालय रामशाहपथ, काठमडौंको हलमा बार्षिक साधारणसभा हुनेछ । साधाचरणसभामा साधारण प्रस्तावको रुपमा वित्तीय विवरण पास गर्ने प्रस्ताव र विविध शिर्षकमा कुनै पनि विषय प्रस्ताव गरिएको छैन ।

पूर्ण सरकारी लगानीको संस्थानले बार्षिक साधारणसभाबाट वित्तीय विवरणहरु पारित गर्ने तथा नयाँ लेखा परिक्षक नियुक्ती गर्ने निर्णयहरु पारित गर्ने प्रस्ताव सभामा लैजाने छ । कम्पनीले आव २०७२।०७३, २०७३।०७४ र २०७४।०७५ को लेखा परिक्षणको लागि नन्द किशोर शर्मा र केशव न्यौपानेलाई संयुक्त रुपमा नियुक्त गर्ने तथा निजहरुको पारिश्रमिक अनुमोदनको निर्णय गर्नेछ ।

संस्थानले शेयर दर्ता किताब यही भदौं ६ गतेदेखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सो आधारमा यही भदौं ५ गते अर्थात भोलि शनिबारसम्म कायम रहेका शेयरधनीहरुले मात्रै उक्त साधारणसभामा भाग लिन पाउनेछन् ।

संस्थानले लाभांश वितरण सम्बन्धी प्रस्ताव साधारणसभामा पेश गरेको छैन । सरकारी लगानीको संस्थान चुक्ता पुँजिको आभाव अप्ठेरो अवस्थाबाट गुज्रिरहेको छ भने जगेडा कोषमा ठूलो रकम थुप्रिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*