लघुवित्तको समस्या पहिचानको समितिले प्रतिवेदन बुझाउने गर्यो तयारी, कर्जाको भाकाको समय लम्ब्याउने

७ श्रावण २०८१, सोमबार १७:१९

काठमाडौं। लघुवित्तको समस्या पहिचान गरि समाधान गर्न सात सदस्यीय कार्यदल गठन गरेको समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ।

सरकारको तर्फबाट चार जना र लघुवित्त पिडितको तर्फबाट तीन जना हुने गरि सात सदस्यी कार्यदल गठन गरेका थियो । सो सात सदस्यीय कार्यदलले प्रतिवेदन अन्तिम तयारीमा पुगेको जनाएको हो ।

सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुंगाना, लघुवित्त सुपरिवेक्षण बिभागका विभागीय प्रमुख रेवती नेपाल, अर्थमन्त्रालयको बैंक बित्तिय समन्वय महाशाखा हेर्ने सहसचिव नारायण प्रसाद रिसाल र महाशाखाकै उपसचिव सदस्य छन्। त्यस्तै कार्यदलमा लघुवित्त बिरोधि संघर्ष समितिको तर्फबाट मनिराम ज्ञवाली, क्षेत्रबहादुर मोक्तान र लुजा राई छन। कार्यदल संयोजकमा डेपुटी गभर्नर डा ढुंगानालाई तोकिएको छ।

लघुवित्त पीडितको माग सम्बोधन गर्न गठित कार्यदलले समस्यामा परेका ऋणीलाई कर्जाको भाका बढाउने गरी प्रतिवेदन तयार पारेको छ ।

कोभिड लगायत परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई कर्जाको भाका बढाउने सुझावसहित प्रतिवेदन तयार पारेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

‘ऋणी सदस्यको परिवारमा कसैको मुत्यु भई काम गर्न नसक्ने अवस्था भएका, अपाङ्गताका कारण काम गर्न नसकेकाहरुलाई कर्जाको भाका बढाउनुपर्ने सुझाव छ,’ ती सदस्यले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*