बजारमा झिनो सुधार, १४ अर्बको कारोबार हुँदा २४८८ बिन्दुमा परिसूचक, मौद्रिक नीतिको प्रतिक्षा हो ?

७ श्रावण २०८१, सोमबार १५:०९

काठमाडौँ । दिनभरको उतार चडाबपछि अन्तिममा शेयर बजार सामान्य अकंले बढेको छ । आज लगानीकर्ताहरु नाफा बुक गर्ने तिर हाबि हुँदा शेयर बजार बेला बेला करेक्सन देखिएको हो । पछिल्लो दुई साता निरन्तर उकालो यात्रा तिर लम्कि रहेको बजारमा लगानीकर्ता नाफा बुक गर्ने तिर अग्रसर भएका हुन् । तर, अन्तिममा आए बजार बढेको हो ।

लगानीकर्ता अब भने मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् । नीतिगत सुधार मौद्रिक नीतिबाट हुन सके बजारले नयाँ उचाई कायम राख्ने लगानीकर्ताहरुको भनाइ रहेको छ । बैकको ब्याजदर निरन्तर ओरालो लागि रहेको, कर्जाको माग समेत बढ्दै गएको, अर्थतन्त्र समेत लयमा फर्किएको र सरकार नियामकबीचको तालमेल मिल्ने कुराले लगानीकर्तामा उत्साहको महोल सिर्जना भइरहेको हो ।

परिसूचक समेत आज दिउँसो २ः२७ बजे २५ सय बिन्दुमा पुगेको थियो । आज अन्तिमसम्ममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१५ अकंले बढेर २४८८.०९ बिन्दुमा बन्द भएको हो । यसदिन ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार सात समूहका हरियाली आएको छ । आज फाइनान्सको ०.७१ प्रतिशत, हाइड्रोपावर समूहको १.७४ प्रतिशत, जीवन बीमा समूहको ०.०१ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.७८ , व्यापार समूहको १.४३ प्रतिशतसहित ७ समूहमा हरियाली आएको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ९३ लाख रुपैयाँ, शिवम सिमेन्टको ३४ करोड ७८ लाख रुपैयाँ, कुमारी बैंकको २८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*