बीमा प्राधिकरणको रियल टाइम डाटामा सबै बीमा कम्पनीहरु सहभागी

७ श्रावण २०८१, सोमबार १४:४८

काठमाडौं । बीमा प्राधिकरणले असार १५ गतेदेखि रियल टाइम डाटा अपडेट गर्न सुरु गरिसकेको छ। सबै कम्पनीहरुले रियल टाइम डाटा पठाएर अपडेट सुरु गरिसकेका छन् ।सबै बीमा कम्पनीहरुले कारोबार तथ्यांक पूर्णतः वास्तविक समय (रियल टाइम) बीमा प्राधिकरणमा दैनिक नै पठाउने क्रम जारी रहेको छ।

प्राधिकरणले असार १५ गतेदेखि नै कम्पनीबाट रियल टाइम (लाइभ डाटा) मा संकलन गर्न शुरू गरेको छ। यसअघि बीमा कम्पनीहरुमार्फत मासिक तथ्यांक लिँदै आएको प्राधिकरणले यो पहिलोपटक दैनिक डाटा लिन लागेको हो ।

जसमा बीमा कम्पनीहरुले दिनभरीको कारोबारको अपडेट बीमा प्राधिकरणमा गराउनुपर्ने छ । सो अनुसार नै प्राधिकरणले आफनो सफट्वयरमा राखेर रियल टाइम डाटा लाइभ गर्ने छ । हाल लाइभ डाटा हेर्ने अधिकार कम्पनी र प्राधिकरणको मात्रै रहेको छ । केही समयपछि आम सर्वसाधारणले पनि डाटा हेर्ने पाउने गरि तथ्यांक प्राधिकरणले सार्वजनिक गर्नेछ ।

बीमकले दैनिक रुपमा प्राधिकरणमा पठाउने कारोबारको विवरण एपिआई सफट्वयरमार्फत अपडेट गरेपछि लाइभ डाटा प्रत्यक्ष अपडेट हुनेछ । असार १५ गतेदेखि सुरु गरिएपनि प्राधिकरणले नयाँ आर्थिक बर्षदेखि नै यसलाई पूर्ण रुपमा लागू गर्ने तयारी गरिरहेको प्राधिकरणका आईटी प्रमुखको भनाई छ।

यसअघि तथ्यांक मोड्दै आएको बीमा कम्पनीहरुलाई लाइभ तथ्यांक भारी पर्ने देखिएको छ । दैनिक तथ्यांकमा देखिएको विषयहरु मासिक वा त्रैमासिक रिर्पोटमा कम्पनीहरुले हेरफेर गर्न पाउन ेछैनन् ।
बीमा प्राधिकरणले यो प्रणालीमा सबै बीमा कम्पनीहरुलाई जोड्ने भने पनि हालसम्म ३५ कम्पनीमात्रै यसमा आवद्ध भएका छन् । जसमा १४ जीवन,१४ निर्जीवन, समेत लघु बीमा कम्पनीहरु यसमा जोडिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*