लगानीकर्ता नाफा बुक गर्ने हाबि हुँदा बजारमा करेक्सन, एक करोड ३३ लाख कित्ता शेयर किनबेच
७ श्रावण २०८१, सोमबार १२:१३
काठमाडौँ । पछिल्लो दुई साता यता निरन्तर बढी रहेको शेयर बजारमा आज करेक्नस देखिएको छ । घाटा रिकभरभएपछि लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि भएका हुन् ।
यो समाचार तयार पार्दा अर्थात् १२ः१० बजेसम्म नेप्से ४१.४३ अकंले घटेर २४४४.५० बिन्दुमा कायम भएको छ । यस समयसम्म एक करोड ३३ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९२ करोेड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।