घुस लिँदै गर्दा बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा

६ श्रावण २०८१, आईतवार १८:५९

काठमाडौँ । घुस लिँदै गर्दा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला पक्राउ परेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कोइरालाको साथबाट १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको जनाइएको छ ।

भरतपुरस्थित एक होटलबाट कोइरालालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनले औषधी आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस मागेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*