शेयर बजारमा उत्साहः ६० अकंले नेप्से बढ्दा १५ अर्बको कारोबार, बुलको यात्रा परिसूचक
काठमाडौँ । शेयर बजारमा निरन्तर रौनक देखिएको छ । बजार निरन्तर उचाई तिर लम्किदै जाँदा लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वमा सरकार बनेदेखि बजारमा उत्साह आएको छ ।
आज प्रधानमन्त्री ओलिले संसदमा नै अर्थतन्त्रको ऐना शेयर बजार हरियो भइरहेको बताएका छन् । प्रधानमन्त्री तहबाटै भएको अभिब्यक्तिले लगानीकर्ताको मनोबल उच्च भइरहेको छ । अर्थमन्त्री विष्णु पौडेलको आगमनले पनि लगानीकर्तामा विश्वासको माहोल सिर्जना भएको छ ।
मौद्रिक नीति समेत लचिलो आउने आम लगानीकर्ताको विश्वास भएको छ । जसले गर्दा परिसूचक र कारोबारले नयाँ रेकर्ड बनाउँदै लगि रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.६१ अकंले बढेर २४८५.९४ बिन्दुमा बन्द भएको छ । आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
अर्थतन्त्रको ऐना शेयर बजार हरियो भयो, मार्केटसँगै सबै क्षेत्र चलयमान हुन्छः प्रधानमन्त्री
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आइतबार बैंकिङ समूहको ३.८६ प्रतिशत, विकास बैंक समूहको १.४१ प्रतिशत, फाइनान्स समूहको १.५१ प्रतिशत, होटल तथा पर्यटन समूहको ४.२१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।