अर्थतन्त्रको ऐना शेयर बजार हरियो भयो, मार्केटसँगै सबै क्षेत्र चलयमान हुन्छः प्रधानमन्त्री

६ श्रावण २०८१, आईतवार १४:३३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले अर्थतन्त्रको ऐना मानिने शेयर बजार हरियो भएको बताएका छन् । आज प्रतिनिभि सभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्रकोऐना मानिने शेयर बजार हरियो भएको छ । ५० लाखभन्दा बढी लगानीकर्ता भएको शेयर बजार पछिल्लो दुई सातामा चार सय अकंले बढेको छ । नेप्से परिसूचक २७ महिना यता कै उच्च भइरहेको छ ।’

शेयर बजारमा आएको रौनकले आम जनताले सरकारप्रति गरेको विश्वास देखिएको ओलिले बताए । ‘शेयर बजारमा आएको सुधारले हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरौसाको इमान हो’ उनले भने ।

अब शेयर बजार मात्र नभइ सबै क्षेत्र चलयमान हुने ओलिले बताए । संगो देश चलयमान हुने र त्यो अनुभव आफुसँग रहेको उनले बताए ।

One thought on “अर्थतन्त्रको ऐना शेयर बजार हरियो भयो, मार्केटसँगै सबै क्षेत्र चलयमान हुन्छः प्रधानमन्त्री

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*