इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार आजबाट सुरु

४ भाद्र २०७८, शुक्रबार ०६:५७

काठमाडौं । इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार आज बाट सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते र राष्ट्र बैंकले साउन १५ गते स्वीकृति दिएसँगै आजबाट एकीकृत काराबोर सुरु हुन लागेको हो ।

अब नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर बराबर इन्फिनीटी लघुवित्तको ९८ कित्ता शेयर हुनेछ । इन्फिनीटी लघुवित्तको नामबाट कारोबार हुने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*