देशको अर्थतन्त्र डामाडोल छ, निजि क्षेत्रको मनोबल माथि उठ्न सकेको छैनः प्रधानमन्त्री ओलि
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले देशको अर्थतन्त्र डामाडोल रहेको बताएका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘देश निराशमा रहेको छ । २०४६ सालपछि पहिलो पटक यति निराशा आम जनतामा देखिन थालेको छ । अर्थतन्त्र डामाडोल छ । आयात र निर्यात घटेको छ ।’
ओलिले राजस्व समेत निरन्तर खुम्चिदै गएकोमा दुःख ब्यक्त गरे । ‘पछिल्लो समय राजस्व समेत निरन्तर खुम्चि रहेको छ । लक्ष्य भन्दा २४ प्रतिशत कम राजस्व अहिले उठेको छ । कर्जा विस्तार घटि रहेको छ । कर्जा लिन कोहि तयार छैनन । ऋण लिएर तिर्न नसक्नेका कारण कालोसूचीमा छ’ ओलिले भने ।
ब्यवसायीहरुको मनोबल खस्किएको हुँदा निजि क्षेत्रले काम गर्ने नसकेको बताए । उनले भने, ‘ब्यवसायीहरुले सरकारी निकायबाट सहयोग भएन भन्ने गुनासो रहेको छ । सरकार जिम्मेवार नहुँदा निजि क्षेत्रको मनोबल खुम्चि रहेको छ । विदेश जानेहरुको लाइन लागेको छ ।’