भक्तपुर अस्पतालमा डाक्टर नर्ससहित ४९ जनालाई रोजगारीको अवसर
६ श्रावण २०८१, आईतवार १३:२३
काठमाडौँ । भक्तपुर अस्पतालले करार सेवाका लागि विभिन्न पदमा ४९ जना कर्मचारी माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै डाक्टर, नर्ससहित विभिन्न पदमा कर्मचारी माग गरेको हो।
अस्पतालले पेडियाट्रिसन, गाइनोकोलोजिस्ट, जनरल सर्जन, रेडियोलोजिस्ट, साइक्याट्रिक्स, न्युरोलोजिस्ट, स्टाफ नर्स लगायत कर्मचारी माग गरेको हो।
उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
हेर्नुहोस् सूचनाः