एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त

६ श्रावण २०८१, आईतवार १०:५३

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा चोलराज शर्मा जोशी नियुक्त भएका छन् ।

यसअघि एनआईसी एशिया बैंक लिमिटेडबाट डप्युटेड भई लक्ष्मण चालिसेले २०७७ कात्तिक ४ गतेदेखि सीईओको कार्यभार सम्हाल्दै आएका थिए । यसैबीच बैंकले साउन ६ गतेदेखि लागू हुने गरी चालिसेलाई फिर्ता बोलाएपछि कम्पनीले सीईओमा चोलराजलाई नियुक्ति गरेको हो ।

कम्पनीको साउन ६ गते बिहान बसेको सञ्चालक समितिको बैठकले बर्दिया निवासी चोलराजलाई साउन ७ गतेदेखि लागू हुने गरी ४ वर्ष कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव दिपित श्रेष्ठले जानकारी दिएका छन् ।

शर्माले यो भन्दा अगाडी छिमेक लघुवित्तमा पनि कार्यकारी अधिकृतको रुपमा काम गरिसकेको राम्रो अनुभव उनीसँग रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*