कालिका लघुवित्तले रुकुम पश्चिमका भूकम्पपीडित सदस्यलाई दियो १८ लाख
५ श्रावण २०८१, शनिबार १६:४७
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुम पश्चिमले भूकम्पपीडित सदस्यलाई १८ लाख सहयोग गरेको छ । संस्थाले आज आयोजना गरेको राहत वितरण कार्यक्रममा संस्थामा आबद्ध भूकम्पपीडित सदस्यलाई १० हजारका चेक हस्तान्तरण गरिएको हो ।
जिल्लाका आठबीसकोट र मुसिकोट नगरपालिका तथा त्रिवेणी गाउँपालिकाका गरी एक सय ७९ जना संस्थामा आबद्ध सदस्यलाई १० हजारका दरले १७ लाख ९० हजार सहयोग गरिएको कालिका लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत फनिन्द्र पाण्डेले जानकारी दिए ।
उनका अनुसार भूकम्पप्रभावित क्षेत्रका सदस्यलाई आर्थिक रुपमा केही सहज होस् भन्ने उद्देश्यले नगद सहयोग गरिएको हो ।