नेपालको सार्वजनिक ऋण करिव साढे २४ खर्ब, एक नेपालीको भागमा ८३ हजार

४ श्रावण २०८१, शुक्रबार १८:३५

काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले शुक्रबार मंगलार सार्वजनिक गरेको तथ्थांकले उक्त विवरण देखाएको हो । उक्त सार्वजनिक ऋणलाई प्रतिव्यक्ति भाग लगाउदा एक नेपालीको भागमा ८३ हजार रुपैयाँ पर्न गएको छ ।

सार्वजनिक ऋण असारमा मात्रै ३२ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ थपिएको छ । सार्वजनिक ऋणको आकार कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४२.६५ प्रतिशत पुगेको हो । कुल ऋणमध्ये ११ खर्ब ८० अर्ब ९० करोड आन्तिरक र १२ खर्ब ५२ अर्ब ३३ करोड रुपैयाँ बाह्य ऋण हो।

थपिंदो ऋणले सरकारमाथि दायित्व पनि बढ्दै गएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुँजीगत खर्चभन्दा ठूलो रकम साँवा ब्याज भुक्तानीमै खर्च हुन थालेको छ।

सरकारले पोहोर ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विकास खर्च विनियोजन गरेकामा ६० प्रतिशत मात्रै खर्च गर्न सकेको थियो। जबकि ऋणको साँवा तथा ब्याज भुक्तानीमा ३ खर्ब ५ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*