माइक्रोसफ्टको सर्भर समस्या, बैंक-बीमा र वित्तीय संस्थाका सेवाहरु प्रभावित

४ श्रावण २०८१, शुक्रबार १४:११

काठमाडौँ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुको सेवाहरु प्रभावित बनेका छन् । माइक्रोसफ्ट कर्पोरेसनको क्लाउड सेवा (सर्भर)मा प्राविधि समस्या बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, भुक्तानी प्रदायकलगायतका संस्थाको सेवा प्रभावित हुन पुगेका हुन् ।

माइक्रोसफ्ट कर्पोरेसनको क्लाउड सेवा (सर्भर)मा प्राविधि समस्या आउँदा विश्व प्रभावित बनेको छ। माइक्रोसफ्टको सर्भर प्रयोग गर्ने मुलुकमा उडान, वित्तीय सेवा, दूरसञ्चार सेवालगायत सेवा अवरुद्ध भएका छन् ।

विश्वभरका बैंक तथा वित्तीय संस्थाका सेवाहरु अवरुद्ध भइरहेको अन्र्तराष्ट्रिय सञ्चार संस्थाहरुले जानकारी दिइरहेको छन् । नेपालमा बैंकहरुपनि सेवाग्राहीलाई ढोकाबाट फिर्ता गराउन बाध्य भइरहेका छन् ।

‘माइक्रोसफ्टको सर्भर अपडेट गर्दा बैंक वित्तीय संस्था र लगायतका भुक्तानी प्रदायक संस्थाको सिस्टममा समस्या आएको छ,’ नेपाल राष्ट्र बैकका प्रवक्ता डिल्लीराम पोखरेलले भने, ‘आरटीजीएस र उइडोजमा समस्या देखिएको छ । यो विश्वभरी नै हो ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*