सर्वोच्चको परमादेशः मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्नू

४ श्रावण २०८१, शुक्रबार १३:१४

काठमाडौं । निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीको आधारभूत तलबमान समान मर्यादा क्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी अबिलम्ब सुरु तलबमान समायोजन(निर्धारण गर्न(गराउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गत असार १० गते गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।

पूर्णपाठमा मर्यादाक्रमानुसारको आधारभूत तलबमान कायम नहुँदा नेपालको संविधान, नेपाल पक्ष बनेका अन्तर्राष्ट्रिय कानुनी दस्तावेजहरूको प्रावधान, सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्तहरू समेतको विपरीत हुन गइ निजहरूको समानताको हकसमेतमा गम्भीर आघात पर्ने उल्लेख छ ।

supreme_290477

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*