गणपति लघुवित्तका तीन जना पूर्वकर्मचारीहरुले आर्थिक हिनामिना गरेको खुलासा
४ श्रावण २०८१, शुक्रबार १३:०९
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाका तीन जना पूर्वकर्मचारीहरूलाई आर्थिक हिनामिना गरेको खुलासा भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आर्थिक सिनामिना गर्ने ३ जना पूर्वकर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
कम्पनीले पूर्वकर्मचारी दिपक कुमार यादव, दुर्गा प्रसाद पण्डित र देव कुमार मगरलाई सम्पर्कमा आउन ३५ दिने अल्टिमेटम दिएको छ । उनीहरु तीनै जनाले संस्थामा कार्यरत हुँदा आर्थिक हिनामिना गरेको लघुवित्तले जनाएको छ । आर्थिक हिनामिना गरेको रकम भुक्तानी गर्न पटक–पटक विभिन्न माध्यमबाट ताकेतालाई उनीहरुले अटेर गर्दै आइरहेका थिए ।
अबको ३५ दिन भित्रको अवधिमा रकम भुक्तानी गर्न नआए कानुनी प्रक्रियामा जाने लघुवित्तले चेतावनी दिएको छ ।