कविताः जीवन बीमा

४ श्रावण २०८१, शुक्रबार १२:४२

सानै हुँदा गर्न मन थियो जीवन बीमा
सानो–ठूलो रकम भन्ने रहेछ यसको सीमा ।
आमा–बाको कमाई थोरै हुँदा मात्रै सीमित
त्यै भएर बन्न पाँइन पहिले जीवन बीमित ।।

 

पढ्दा, लड्दा बिरामीमा साथ पाइदो रैछ
अहिले बल्ल बोध भयो आखिर चाहिने रैछ ।
बुबा–आमा, काका–काकी सबै बिते खाली
थोपा–थोपा जम्मा गरि बीमा यसपाली ।।

 

बचत मात्रै हैन रैछ सुरक्षालाई पनि
सुख हुँदा सबै हुन्छन् दुःखमा बीमा छनि ।
आर्थिक क्षति कम गर्छ गर्ने छैन हानी
बचत गरौं, बीमा गरौं, फेरौं आफ्नो बानी ।।

 

बच्चा युवा मात्रै हैन जेष्ठ नागरिक पनि
आपत परे कर्जा लिने सुविधा देको छनि ।
ढिलो गर्न हुन्न अब जीवन सार्थक पारौं
बचत गर्दै, पछि हेर्दै, घर व्यवहार टारौ ।।

 

कति बाँच्ने, कहिले मर्ने, हुन्न आखिर भर
जीवन बीमा गर्न सिकौं नहेरेर पर ।
सन्ततीको भरणपोषण, गुणस्तरीय शिक्षा

जीवन बीमा गर्नसके, किन माग्ने भिक्षा ?।।

 

कुलप्रसाद न्यौपाने
एजेन्सी मेनेजर
रिलायवल नेपाल लाइफ इन्सोरेन्स, जोरपाटी शाखा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*