राष्ट्रिय सहकारी बैंकको आजदेखि लागुहुने ब्याजदर परिवर्तन
४ श्रावण २०८१, शुक्रबार १२:२२
काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले ब्याजदर परिवर्तन गरेको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै साउन ४ अर्थात आजदेखि लागु हुनेगरी बचत तथा कर्जाको शिर्षकहरुमा ब्याजदर परिवर्तन गरेको हो ।
बैंकले जारी गरेको परिवर्तित ब्याजदर अनुसार बचत तर्फ न्यूनतम् १ दशमलव ५० प्रतिशतदेखि अधिकतम् ७ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । साथै, बैंकले कर्जातर्फ न्यूनतम् ७ प्रतिशतदेखि अधिकतम् १० प्रतिशतसम्म ब्याजदर लागु गर्ने भएको छ ।
बैंकका अनुसार घर घडेरी तथा भवन निर्माण कर्जाको स्वः लगानी नियामानुसार लागु हुने सूचनामा उल्लेख गरिएको छ । पछिलो आर्थिक तथा राजनीतिक परिवेशलाई मध्यनजर गर्दै राष्ट्रिय सहकारी बैंकले पनि ब्याज केही मात्रामा घटाएको छ ।
हेर्नुहोस् सूचनाः