विशाल ग्रूपको मैनावती स्टिल इन्डष्ट्रिजले ११ महिनामा कमायो ३ अर्ब २४ करोड रुपैयाँ

४ श्रावण २०८१, शुक्रबार १२:०९

काठमाडौँ । विशाल ग्रूपको मैनावती स्टिल इन्डष्ट्रिज लिमिटेडले पछिल्लो ११ महिनामा ३ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षको ११ महिनामा ३ अर्ब २४ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२३ मा ६ अर्ब ३ करोड ५० लाखरुपैयाँको व्यापार गरेको इन्फोमेरिक्स नेपालले जनाएको छ । कम्पनीले सन् २०२२ मा ४ अर्ब २९ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा ४ अर्ब ६५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सुनसरीको दुहबीमा प्लान्ट रहेको कम्पनीसँग वार्षिक १ लाख १३ हजार ९ सय टन स्टिलका प्रडक्ट उत्पादन गर्न सक्ने क्षमता छ । कम्पनीका अध्यक्ष त्रिलोकचन्द अग्रवालको १७ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीले ६ अर्ब ५२ करोड ५० लाख बैंकिङ कर्जाका लागि रेटिङ पुनः पुष्टि पाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*