डिशहोमको ‘माईडिशहोम’ एप पुनः सञ्चालनमा

४ श्रावण २०८१, शुक्रबार ११:२८

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले ‘माईडिशहोम’ एपलाई पुनः सञ्चालनमा ल्याउने भएको छ । डिशहोमका प्रमुख कार्यकारी अधिकृत (सिईओ) तारा मानन्धरले सबै विभाग प्रमुखहरूको उपस्थितिमा एप लगइन गरी पुनः शुरूवातको घोषणा गरेका हुन् ।

कम्पनीले टिभी, इन्टरनेटलगायतका डिशहोम सेवाहरू प्रदान गर्नका लागि एक सिमलेस, सबैमा एक प्लेटफर्म प्रदान गर्न माईडिशहोम एपको डिजाइन गरेको हो । एपको नयाँ संस्करण प्रयोगकर्ताको अनुभव र सुविधामा सुधार गर्ने उद्देश्यले परिष्कृत सुविधाहरूका साथ एप पुनः सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ ।

माईडिशहोम एपले प्रदान गर्ने मुख्य सुविधाहरूमा बायोमेट्रिक लगइन, फुटप्रिन्ट उपलब्धता जाँच, राउटरवाइफाइ सेटिङहरू, रेफरल प्रणाली, अफलाइन मोड, क्रेडिट प्रणाली, पिपीभी खरीद, प्याकेज बुकिङ÷खरीद, खाता प्रणाली सम्पादन, र अन्य धेरै सुविधाहरु समावेश गरिएको कम्पनीले बताएको छ ।

एपको पुनः लन्चको साथ डिशहोमले आफ्ना ग्राहकलाई थप एकीकृत र प्रयोगकर्तामैत्री अनुभव प्रदान गर्ने लक्ष्य लिएको र ग्राहकलाई डिशहोमका सबै उत्पादन र सेवा सहज रूपमा स्वव्यवस्थापन गर्ने लक्ष्य लिएको सिईओ मानन्धरले जानकारी दिए । माईडिशहोम एप अब आईओएस एप स्टोर र एन्ड्रोइड प्ले स्टोर दुवैमा डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*