विष्णु पौडेलभन्दा माथि छायाँ अर्थमन्त्री ! अर्थतन्त्र सुधार्ने एजेण्डा बोकेर प्रधानमन्त्री कार्यालय छिरे डा. खतिवडा

३ श्रावण २०८१, बिहीबार २२:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आर्थिक सल्लाहकारको रुपमा डा. युवराज खतिवडालाई नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयमा मन्त्री सरहको सुविधासहित डा. खतिवडालाई भित्राएपछि अर्थमन्त्री विष्णु पौडेलमाथि छायाँ अर्थमन्त्रीका रुपमा अब दुई जना अर्थमन्त्री हुनेछन् ।

अर्थतन्त्रका कम ज्ञान भएका विष्णु पौडेलको अघिल्लो कार्यकालकै कारण नेपालको अर्थतन्त्रमा यति धेरै समस्या उत्पन्न भएको थियो । शेयर बजारमा विष्णु पौडेलको नाम बेचेर कमाउन पल्केकाहरुले रातारात मूल्य इन्डेक्स नै हल्लिने गरी चलखेल गरेपनि अब फेरि नयाँ फण्डा आइलागेको छ । आजदेखि संकटपूर्ण अवस्थामा पुगेको अर्थतन्त्र सुधार गर्ने बाचासहित डा. युवराज खतिवडा सिंहरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रवेश गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलभन्दा माथि प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीकै आर्थिक सल्लाहकारको रुपमा डा. युवराज खतिवडाको इन्ट्री भएपछि यसअघिको कार्यकालमा जसरी विष्णु पौडेलले चलखेल गर्न नपाउने भएका छन् । जसको प्रत्यक्ष असर केही मारवाडीहरुमा पर्नेछ । रिलायन्स स्पिनिङ मिल्स लगायतका केही मारवाडीहरु प्रिमियम मूल्यमा शेयर जारी गरेर भए भरको शेयर बिक्री गरेर भाग्ने तयारी गरिरहेका बेला अर्थमन्त्री पौडेल बनाइएका थिए । त्यसो त अर्थमन्त्री पौडेलले मारवाडी फेभरका अर्थमन्त्रीका रुपमा चिनिने गर्दछन् ।

तर, अब अर्थतन्त्र राम्रोसँग बुझेका, संघीय कार्यान्वयन गराउने पहिलो अर्थमन्त्री समेत भएकोले डा. खतिवडासँग वर्तमान आर्थिक संकटबाट माथि उकास्न सक्ने विभिन्न टुल्सहरुको राम्रो ज्ञान छ । सोही कारण वर्तमान प्रधानमन्त्री केपी ओलीले छायाँ अर्थमन्त्रीका रुपमा सिंहरदरवामा प्रवेश गराएको रुपमा बुझन् सकिन्छ ।

देशको अर्थतन्त्र डरलाग्दो अवस्थाबाट गुज्रिरहेको छ । सार्वजनिक ऋण बर्षेनी तीन खर्बका दरले बढिरहेको छ भने राजश्व संकलनमा बृद्धि हुन सकिरहेको छ । कूल राजश्वले चालु खर्च समेत धान्ने अवस्था छैन । आर्थिक रुपमा संकटपूर्ण अवस्थामा प्रधानमन्त्री बन्न पुगेका केपी ओलीले यस पटक विष्णु पौडेललाई विगतमा जसरी चलखेल गर्न नदिने स्पष्ट छ । साथै छायाँ अर्थमन्त्रीका रुपमा डा. खतिवडालाई भित्राएपछि चलखेल गर्ने गिरोह फेरि हिस्स पर्न पुगेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*