बैंकिङ सेक्टरमा उछालः वर्षौंदेखि गुमाएको रकम रिकभर भएपछि मख्ख लगानीकर्ता, कुनको मूल्य कति ?
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरुको आकर्षण वाणिज्य बैंकतर्फ देखिएको छ। नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंकहरुको शेयरमूल्य बढेसँगै यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढेको हो ।
हाइ क्याप मानिने यो समूहमा राम्रो वृद्धि देखिएको हो । हाइ क्याप चलेकाले आगामी दिनहरुको सकारात्मक संकेत गरेको अनुमान गर्न सकिन्छ । ब्याजदर सस्तो भएको र प्रणालीमा प्रचुर पैसा भएकाले लगानीकर्ताले कर्जा लिएर पनि सेयर किन्न सक्ने अवस्थामा आइपुगेका छन् ।
मौद्रिक नीति लचिलो आउने संकेत उत्साह पनि लगानीकर्तामा रहेको छ । बैंकहरुको नाफा बढ्ने गरी केहि नीतिगत परिवर्तन राष्ट्र बैंकले गर्न खोजेको भन्ने विषय फैलिएसँगै बैंकको शेयरमा उछाल आएको जानकारहरुको भनाइ रहेको छ । चुक्ता पुँजी नपुगेको बैंकहरुलाई रिर्जभ कोषको रकम गणना गर्न दिने देखि कर्जा सहुलीयतमा राष्ट्र बैंकले केही सहज पारिदिने देखिन्छ ।
यसदिन बैंकिङ समूहको शेयर ८०.४९ अकं अर्थात् ६.२८ प्रतिशतले बढेर १३६२.१६ बिन्दुमा कायम भएको छ । बिहिबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता १८ रुपैयाँ १ पैसाले बढेर १९९.१ रुपैयाँ पुगेको छ ।
साथै, कुमारी बैंकको ९.५३ प्रतिशतले बढेर १७८.१ रुपैयाँ, प्रभु बैंकके ९.५१ प्रतिशतले बढेर १९० रुपैयाँ, प्राइम कमसियल बैंकको ८.३७ प्रतिशतले बढेर २५५ रुपैयाँ र लक्ष्मी सनराइज बैंकको ८.३ प्रतिशतले बढेर २०१ रुपैयाँ पुगेको छ ।