शेयर बजारमा रौनकः परिसूचक २४ सय बिन्दुमा पुग्दा साढे १५ अर्बको कारोबार, नयाँ रेकर्ड तोड्ला ?

३ श्रावण २०८१, बिहीबार १५:०६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि अर्थात साउन ४ गते मौद्रिक नीति ल्याउँदैछ । यसपटकको मौद्रिक नीति लचिलो आउने गर्भनर महाप्रसाद अधिकारीले पटक पटक सार्वजनिक कार्यक्रममा गर्दै आइरहेका थिए । सोहि कारण शेयर बजारमा रौनक आइरहेको छ । निरन्तर शेयर बजारले बुलको यात्रा तय गरी रहेको हो ।

अर्थमन्त्रालयमा समेत लगानीकर्ताले रुचाएका ब्यक्ति विष्णु पौडेल अर्थमन्त्रीको भुमिकामा आइसकेका छन् । जसले गर्दा लगानीकर्ताको मनोलब समेत बलिया बन्दै गइरहेको छ । नियामकबीच पछि तालमेल मिल्ने आम लगानीकर्ताहरुको विश्वास रहेको छ । शेयर बजारलाई बाधा गर्ने केहि नीति खुकुलो राष्ट्र बैंकले गराउन सके पुँजी बजारले नयाँ बुलको यात्रा तय गर्ने लगानीकर्ताको भनाइ रहेको छ ।

अर्थतन्त्र समेत लयमा फर्कि रहेको र बैंकको ब्याजदर समेत निरन्तर घटी रहेको हुँदा बजारले सकारात्मक दिसा लिने विश्वास जानकारहरुको रहेको छ । यसदिन कारोबारले नयाँ फड्को मारेको छ । साथै परिसूचक समेत २४ सय बिन्दु माथि पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.६८ अकंले बढेर २४२४.३२ बिन्दुमा बन्द भएको छ । आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन फाइनान्स कम्पनीहरुको शेयर मूल्य ओरालो लागेको छ । फाइनान्स समूहको शेयर १.२७ प्रतिशतले घटेको हो । सार्थै, आज ११ उपसूचकमा हरियाली आएको छ । बिहिबार बैंकिङ समूहको ६.२८ प्रतिशत, विकास बैंक समूहको १.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*