राधी विद्युत कम्पनीको सञ्चालकमा मनिषा थापा मगर
३ श्रावण २०८१, बिहीबार ११:५८
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालकमा मनिषा थापा मगर नियुक्त भएकी छिन । साउन २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो ।
यस अघिका सञ्चालक श्रेय राज भण्डारीको राजिनामा स्वीकृत गर्दै थापा मगरलाई सञ्चालकमा नियुक्त भएकी हुन् । सञ्चालक भण्डारीले आफ्नो कार्यव्यवस्तताको कारण देखाउँदै राजीनामा दिएका थिए । रित्त सञ्चालक पदमा थापामगरलाई साउन २ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको छ ।