पुष्पतारा केडिया सेवा फाउण्डेशन तथा वृज सिमेन्टद्धारा ’ब्यूटी विथ ए पर्पाेज’ परियोजनामा आर्थिक सहयोग

३ भाद्र २०७८, बिहीबार १५:२५

काठमाडौं । पुष्पतारा केडिया सेवा फाउण्डेशन तथा वृज सिमेन्टद्धारा मिस वल्र्ड २०२१ ’ब्यूटी विथ ए पर्पाेज’ परियोजनामा आर्थिक सहयोग गर्ने भएको छ।

यही डिसेम्बर २०२१ मा प्यूर्टो रिको मा हुनगइरहेको मिस वर्ल्ड २०२१ पेजेन्टमा मिस नेपाल २०२० नम्रता श्रेष्ठ द्धारा प्रस्तुत गरिने ’ब्यूटी विथ ए पर्पाेज’ परियोजनमा वृज सिमेन्ट सहभागी हुन पाएकोमा कम्पनीले खुशी व्यक्त गरेको छ ।

’व्यूटी विथ ए पर्पाेज’ मिस वर्ल्ड प्रतियोगितामा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ । यो उपाधि नेपालले २०१३, २०१८ र २०१९ मा जितिसकेकोे छ । यस वर्ष नम्रता श्रेष्ठले आफ्नो ’व्यूटी विथ ए पर्पाेज’ प्रोजेक्टको लागी धादिङ्ग जिल्लाको थोपल खोलामा एउटा ट्रेल पुल बनाउने योजना छनौट गरेको जानकारी पाउँदा खुशी लागेको छ । उनलाईाँलाई सफलता प्राप्त हुने नै छ ।

देशको विकटÞ र कुना काप्चामा बसोवास गर्ने मानिसहरु आफनो जीवीकोपार्जनको लागि कस्टकर संघर्ष गरिरहेका हुन्छन् । नदीनाला तथा खोलाहरुको कारणले बर्षायाममा अत्यधिक पुल तथा बाटाघाटा क्षति हुने एवं यातायात, संचार तथा दैनिक आवतजावत अत्यन्त कठिन हुन्छ ।
यसको चपेटामा यही दुर्गम ठाउँमा बस्ने मानिसहरु यसको प्रत्यक्ष मार्कामा परिरहेका छन् । त्यसैले उक्त समस्यालाई ध्यानमा राखी मिस नेपाल २०२० नम्रता श्रेष्ठले आफनो ’व्यूटी विथ ए पर्पाेज’ परियोजना अन्र्तगत धादिङ्ग जिल्ला, निलकण्ठ गाउँपालिकको १२ र १३ न.ं वडामा पर्ने चिरिन पुच्छर थोपल खोलामा बन्ने ७३ मिटर लम्बाइको पक्की पुल निर्माण गर्ने योजना गर्नुभएको कुरा जानकारीमा आएकोले उहाँको सतप्रयास र उत्साहका लागि वृज सिमेन्ट ई. प्रा. लि. हार्दिक नमन गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*