मलेसियन रिंगिटको भाउ बढ्यो, यस्तो छ आजको विनिमयदर
काठमाडौं । साउन ३ गते बिहीवार मलेसियन रिंगिटको भाउ ७ पैसाले बढेको छ । यस दिन एक मलेसियन रिंगिटको खरीददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७४ पैसा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, कतारी रियाल, साउदी अरेबियन रियाल, यूएई दिराम लगायतका मुद्राको विनिमयदर भने हिजोकै मूल्यमा स्थिर रहेको छ । आज पनि एक अमेरिकी डलरको खरीददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४ पैसा रहेको छ ।
त्यसैगरी एक कतारी रियालको खरीददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा रहेको छ । एक साउदी अरेबियन रियालको खरीददर ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा रहेको छ भने यूएई एक दिरामको खरीद भाउ ३६ रुपैयाँ ३३ पैसा र बिक्री भाउ ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।
आज जापानी यनको भाउ १० पैसाले बढेर १० जापानी यनको खरीद मूल्य ८ रुपैयाँ ५२ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ५६ पैसा कायम भएको छ । अस्ट्रेलियन डलरको भाउ पनि बढेर खरीददर ९० रुपैयाँ १ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा पुगेको छ ।