जीवन बीमा कम्पनीहरुको ब्यवसाय १० प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, वृद्धिदरमा प्रभु महालक्ष्मी र नेशनल लाइफअघि

२ श्रावण २०८१, बुधबार १७:४६

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले साढे १ खर्बको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा हाल जीवनबीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा उक्त ब्यवसाय ९.८१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड ५४लाख बीमा शुल्क आर्जन गरेका थिए ।

यसअवधिमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफको अग्रताका कायमै रहेको छ । कम्पनीले यसअवधिमा ४० अर्ब ८५ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीको वित्तीय रिपोर्टमा उल्लेख गरीएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ३७ अर्ब १७ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, कुल बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा नेशनल लाइफले १९ अर्ब २० करोड २८ लाख रुपैयाँ, तेस्रो नम्बरमा एलआइसी नेपालले १८ अर्ब ९ करोड ९७ लाख रुपैयाँ, चौथो नम्बरमा हिमालयन लाइफले १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ, पाँचौ नम्बरमा सूर्यज्योतिले ९ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

साथै, क्रमशः राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड ४९ लाख रुपैयाँ, एशियन लाइफले ८ अर्ब ५ करोड १५ लाख रुपैयाँ, सिटिजन लाइफले ६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ, सानिमा लाइफले ६ अmर्ब १८ करोड ८३ लाख रुपैयाँ, मेट लाइफले ५ अर्ब ६७ करोड रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ७४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ३७ करोड रुपैयाँ,रिलायबल नेपाल लाइफले ४ अबए २० करोड र सन नेपाल लाइफले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

वृद्धिदरको आधारमा को कति ?

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा बढी ब्यवसाय वृद्धि गर्ने कम्पनीमा प्रभु महालक्ष्मी लाइफ पहिलो नम्बमा रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीले आफ्नो ब्यवसाय १९.४८ प्रतिशतले वृद्धि गरेको हो ।

कुल बीमा शुल्क वृद्धि गर्ने दोस्रो नम्बरमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा आफ्नो ब्यवसाय १६.८७ प्रतिशतले बढाएको हो ।

साथै, एशियन लाइफले १४.७४ प्रतिशत, आइएमई लाइफले १३.३० प्रतिशत, हिमालयन लाइफले ११.५० प्रतिशत, रिलायबल नेपाल लाइफले १०.८६ प्रतिशत, नेपाल लाइफले ९.८९ प्रतिशत, सानिमा रिलायन्सले ९.१३ प्रतिशत, मेट लाइफले ७.९२ प्रतिशत, सूर्यज्योति लाइफले ७.७९ प्रतिशत, सिटिजन लाइफले ५.४२ प्रतिशत, राष्ट्रिय जीवन बीमाले ४.८७ प्रतिशत, एलआइसी नेपालले ३.६६ प्रतिशत र सन नेपाल लाइफले २.६३ प्रतिशतले कुल बीमा शुल्क आर्जन वृद्धि गरेका हुन् ।

 

2 thoughts on “जीवन बीमा कम्पनीहरुको ब्यवसाय १० प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, वृद्धिदरमा प्रभु महालक्ष्मी र नेशनल लाइफअघि

  1. Dilli maya basnet says:

    राम्रो छ सबैको प्रयास

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*