२०४ कम्पनीको शेयरमूल्य वृद्धि, १२ अर्बको कारोबार हुदाँ सिगंटी हाइड्रोको सर्वाधिक

२ श्रावण २०८१, बुधबार १५:१३

काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ ।

नेप्से परिसूचक आज ५४.०४ अंकले बढेर २३६४.६३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार पनि उच्च वृद्धि भएको छ ।

बुधबार १२ अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ । योसँगै बुधबार सिगंटी हाइड्रो इनर्जी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २३ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, बुधबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २२ करोड ७१ लाख रुपैयाँ, सोनापुर मिनिरल्सको २० करोड ३५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

आज पनि २०४ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा बुधबार सेन्ट्रल फाइनान्स र सिगंटी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*