ट्रस्ट माइक्रो इन्स्योरेन्सद्वारा आव ०८०।०८१ मा करिव साढे तीन करोड प्रिमियम संकलन
२ श्रावण २०८१, बुधबार १४:२९
काठमाडौँ । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०।०८१ मा करिव साढे तीन करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।
व्यवसाय सुरुवात गरेको यस आर्थिक वर्षमा कम्पनीले कुल तीन करोड २७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो । साथै, कम्पनीले यस आर्थिक वर्ष दुई लाख २३ हजार रुपैयाँको दावी भुक्तानी दिएको छ ।
कम्पनीले यस अवधिमा साथ दिने सम्पूर्ण बीमित र शेयरहोल्डरहरुलाई धन्यवाद पनि व्यक्त गरेको छ ।